BIZMANDU
www.bizmandu.com

त्रिशुली ३ ए जलविद्युत आयोजनामा थुनिएकाहरुको आवाज सुनियो, उद्धारटोलीलाई भने: हामी ठिक छौं

२०८३ भदौ १९

त्रिशुली ३ ए जलविद्युत आयोजनामा थुनिएकाहरुको आवाज सुनियो, उद्धारटोलीलाई भने: हामी ठिक छौं
त्रिशुली ३ ए जलविद्युत आयोजनामा थुनिएकाहरुको आवाज सुनियो, उद्धारटोलीलाई भने: हामी ठिक छौं


काठमाडौं । भदौ १० गते भोटेकोसीमा आएको भीषण बाढीका कारण त्रिशुली ३ ए जलविद्युत आयोजनामा थुनिएका कर्मचारीहरुको उद्धार हुने आश जागेको छ।

Vigo
GBIME
Tata

प्रविधिकहरुको सहयोगमा नेपाली सेनाले सो आयोजनामा उद्धारकार्य गरिरहेको छ। त्यसै क्रममा सुरुङ भित्र गएर सेनाले ‘नआत्तिनुहोस, हामी उद्धार गर्दैछौं’ भन्दा भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया आएको सेनाले पुष्टि गरेको छ।

यससँगै उद्धारस्थलबाट एउटा सकारात्मक र आशाजनक खबर प्राप्त भएको सांसद तथा उद्धारस्थलमा रहेका श्रीराम न्यौपालले बताए।

उद्धार टोलीले प्रभावित क्षेत्रको भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि गरेको छ। भित्र अड्किएका मानिसहरूको स्थिति बुझ्न उद्धार टोलीले सम्पर्क गर्दा उनीहरुको आवाज आएको हो।

‘के छ खबर आराम हुनुहुन्छ? भन्दा हामी ठिक छौं भन्ने प्रतिक्रिया आयो,’ श्रीराम न्यौपानले भने, ‘त्यसपछि नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ भन्दै ढाडस दिएपछि भित्रबाट हुन्छ भन्ने जवाफ आएको छ। अहिले पनि  उद्धार कार्य निरन्तर भइरहेको छ। उद्धार टोलीहरु भित्र नै हुनुहुन्छ।’

उनका अनुसार १५० मिटरभित्र सुरुङ पार गरेपछिमात्र त्यहाँ पुग्न सकिने भएका अहिले त्यही अनुरुप काम भइहरेको छ। ‍

‘उहाँहरु जीवित हुनुहुन्छ भन्ने पुष्टि भयो। अरु कति जना हुनुहुन्छ। हामी उहाँहरुसम्म पुग्नका लागि अहिले निरन्तर काम भइरहेको छ,’ उनले भने।

बाढीपछि यस आयोजनाका ४२ जना सम्पर्कविहिन छन्। बाढी आएको १० दिन भएको छ।