काठमाडौं। भेटेरिनरी क्षेत्रको अग्रणी कान्तिपुर भेट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग गरेको छ।
कान्तिपुर भेट ग्रुपका अध्यक्ष सुना सुवेदीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त सहयोग रकम प्रदान गरेकी हुन्।
भोटेकोशीमा बाढीको पहिलो दिनदेखि नै कम्पनीले विपद् प्रभावित क्षेत्रमा निःशुल्क भेटेरिनरी औषधि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको थियो। प्रतिबद्धता अनुरूप कान्तिपुर भेटले नेपाल भेटेरिनरी एसोसिएसनलगायत विभिन्न निकायमार्फत भेटेरिनरी औषधि निःशुल्क उपलब्ध गराइसकेको छ।