काठमाडौं। विशेष अदालतले हिमालयन रि-इन्स्योरेन्स प्रकरणको धितोपत्र र बीमासम्बन्धी कसुरमा अमित मोरलाई थुनामा पठाउने आदेश गरेको छ। इजलासका तीनमध्ये दुई न्यायाधीशको रायले मोरलाई थुनामा पठाइएको हो।
न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठले अमितलाई थुनामा पठाउने आदेश गरेका छन्। इजलासका अर्का सदस्य हेमन्त रावलले भने उनलाई एक करोड रुपैयाँ धरौटी वा बैंक जमानतमा रिहाको आदेश गरेका छन्।
बिहीबार इजलसका थुनछेक प्रक्रियाका लागि उपस्थित अन्य तीन जनालाई भने विशेषले धरौटी सुविधा दिएको छ। इजलासले दिपककुमार श्रेष्ठसँग ५० लाख, सुमेर शमशेर जबरासँग २५ लाख तथा राजीव मोरलाई एक करोड धरौटी माग गरेको छ।