काठमाडौं। विन नेपाल लघुवित्तको सेयर कारोबार रोक्का भएको छ। लघुवित्त स्वरोजगार लघुवित्तसँग एक्विजिसनमा गएपछि नेपाल स्टक एक्सचेन्जले विन नेपालको सेयर करोबार रोक्का राखेको हो।
विन नेपाललाई प्राप्ति गर्ने कार्य सम्पन्न भएकाले स्वरोजगार लघुवित्तको नाममा भदौ २१ गतेदेखि एकीकृत कारोबार गर्ने भनेकामा त्यो दिन सार्वजनिक बिदा परेको छ।