BIZMANDU
www.bizmandu.com

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

२०८३ भदौ १८

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीमा परेर ज्यान गुमाउनेहरुको सम्मानमा सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।

Vigo
GBIME
Tata

सरकारका प्रवक्ता सस्मित पोखरेलले घटनाको १३औं दिनको अवसर पारेर राष्ट्रिय शोक मनाउने निर्णय गरेको जानकारी दिए। भोटेकोशीमा भदौ १० गते आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या करिब १३०० पुगिसकेको छ भने ४ हजारभन्दा बढी बेपत्ता छन्।

मन्त्रिपरिषद् बैठकले भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। भदौ २३ गतेलाई ’जेनजी शहीद दिवस’ घोषणा गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।