काठमाडौं। नेसनल लाइफ इन्स्योरेन्सका सञ्चालक कुशल मल्लीले राजीनामा दिएका छन्।
उनले व्यक्तिगत कारण देखाएर राजीनामा दिएका हुन्। कुशलले दिएको राजीनामा कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले स्वीकृत गरेको छ।
उनी संस्थापक सेयरधनीका तर्फबाट २०७८ फागुन २९ गतेदेखि इन्स्योरेन्सको सञ्चालक थिए। उनी दोस्रो कार्यकालका लागि २०८२ असार ५ गते सञ्चालक बनेका थिए।
इन्स्योरेन्समा राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रतिनिधित्व गर्दै सञ्चालकको पद पनि रिक्त भएको छ। इन्स्योरेन्समा यसअघि बैंकका तर्फबाट सरस्वती अधिकारी सञ्चालक थिइन्। तर, उनले बैंंकबाट गत असार ३१ गते नै अवकाश पाइसकेकी छन्।