BIZMANDU
www.bizmandu.com

सेयर बजार ४.६६ अंक बढेर २५४२.७७ विन्दुमा, कारोबार ३ अर्ब ४६ करोड ५२ लाखको

२०८३ भदौ १८

सेयर बजार ४.६६ अंक बढेर २५४२.७७ विन्दुमा, कारोबार ३ अर्ब ४६ करोड ५२ लाखको
सेयर बजार ४.६६ अंक बढेर २५४२.७७ विन्दुमा, कारोबार ३ अर्ब ४६ करोड ५२ लाखको


काठमाडौं। सेयर बजार ४.६६ अंकले बढेको छ। नेप्से परिसूचक बिहीबार २५४२.७७ विन्दुमा पुगेको हो। कारोबारमा आएका फाइनान्स, हाइड्रोपावर, निर्जीवन बीमा कम्पनी र अन्य बाहेकका उपसमूहले बजार बढाएका हुन्।

Vigo
GBIME
Tata

लगानी उपसमूहको सूचक सबैभन्दा धेरै १.२६ प्रतिशतले बढेको छ। ट्रेडिङको सूचक १.०९ प्रतिशतले उकालो लागेको छ।
बजारमा १४५ कम्पनीका लगानीकर्ताले कमाएका छन्।

विन नेपाल लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ८.७६ प्रतिशतले बढेको छ। सूचकसँगै सेयर कारोबार रकम बढेको छ।
बुधबार २ अर्ब ९४ करोड रुपैयाँको सेयर किनबेच भएकामा बिहीबार ३ अर्ब ४६ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

रिलायन्स स्पिनिङ मिल्सको सबैभन्दा धेरै ४० करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, सानिमा मिडल तमोरको १३ करोड ३२ लाख र सोलु हाइड्रोपावरको १२ करोड ८६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

बजारमा १२३ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको स्थिर छ। पियोर इनर्जीको सबैभन्दा धेरै १३.३३ प्रतिशतले सेयर मूल्य घटेको छ।