काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित जलविद्युत् आयोजनामा भइरहेको खोज तथा उद्धारमा प्रगतिबारे ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपाली सेनासँग ब्रिफिङ लिएका छन्।
ऊर्जामन्त्री विराजभक्त र पूर्वाधार विकासमन्त्री सुनिलले बिहीबार नेपाली सेनाका उच्च अधिकृतलाई ऊर्जा मन्त्रालयमा बोलाएर जलविद्युत आयोजनामा फसेकाहरुको खोज तथा उद्धारको पछिल्लो प्रगतिबारे ब्रिफिङ लिएका हुन्। ब्रिफिङमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेश कुमार सिंह पनि थिए।
बाढीले जलविद्युत आयोजनाका कर्मचारी फसेको ९ दिन भइसक्दा पनि सरकारले खोज तथा उद्धारमा चित्तबुझ्दो काम गर्न सकेको छैन।