BIZMANDU
www.bizmandu.com

क्रिष्टल कञ्चनजंघा सेक्युरिटिजद्वारा बाढीपीडितका लागि उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग

२०८३ भदौ १८

क्रिष्टल कञ्चनजंघा सेक्युरिटिजद्वारा बाढीपीडितका लागि उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग
क्रिष्टल कञ्चनजंघा सेक्युरिटिजद्वारा बाढीपीडितका लागि उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग

काठमाडौं। क्रिष्टल कञ्चनजंघा सेक्युरिटिज (ब्रोकर नम्बर ५०)ले बाढीपीडितका लागि आर्थिक सहयोग गरेको छ। कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ जम्मा गरेको हो।

Vigo
GBIME
Tata

भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण विस्थापितको उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले कोषमा रकम जम्मा गरेको सेक्युरिटिजले जनाएको छ।

भोटेकोशीमा आएको बाढीका कारण ११०० भन्दा बढी मानिसले ज्यान गुमाएको र ४ हजार बढी वेपत्ता रहेको सरकारी तथ्यांक छ।

बाढीका कारण मानवीय, सवारीसाधन, सामान र जलविद्युत कम्पनीमा ठूलो क्षति पुगेको छ।