काठमाडौं। रसुवा बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार र पुनर्स्थापनाका लागि क्लाउड एजुकेशन एण्ड भिसा सर्भिसेजले आर्थिक सहयोग उपलब्ध गराएको छ।
संस्थाले बाढी पहिरोबाट प्रभावित नागरिकहरूको सहयोगार्थ ७ लाख रूपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा प्रदान गरेको हो।
विपद्को समयमा पीडित नागरिकहरूलाई राहत पुगोस् भन्ने उद्देश्यले सहयोग उपलब्ध गराइएको संस्थाले जनाएको छ।
शैक्षिक तथा भिसा सेवा क्षेत्रमा क्रियाशील संस्थाले आफ्नो व्यावसायिक दायित्वसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राखेर सहयोग उपलब्ध गराएको जनाएको छ।