BIZMANDU
www.bizmandu.com

सम्पत्ति शुद्धीकरणको मुद्दामा रोहित गुप्तालाई धरौटीमा छोड्न सर्वोच्चको आदेश, ‘थुनामा राख्नुपर्ने देखिएन’

२०८३ भदौ १७

काठमाडौं। सर्वोच्च अदालतले हिमालयन रि-इन्स्योरेन्सका तत्कालीन सञ्चालक रोहित गुप्तालाई सम्पत्ति शुद्धीकरणको मुद्दामा धरौटीमा रिहा गर्न आदेश दिएको छ।

Vigo
GBIME
Tata

न्यायाधीश हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको इजलासले रोहितलाई २ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

हिमालयन रि-इन्स्योरेन्सको २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ विवादास्पद व्यवसायी दीपक भट्टको नाममा सेयर किन्न प्रयोग भएको देखिएपछि भट्टका अलावा हिमालयन रि-इन्स्योरेन्सका तत्कालीन सञ्चालक लगायतविरुद्ध गत जेठ अन्तिम साता सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो।

यो मुद्दामा सर्वोच्च अदालतले रोहितलाई हिरासतमा राख्नुपर्ने अवस्था नरहेको बताएको छ। ‘तत्काल प्राप्त प्रमाणका आधारमा यस प्रकारको आर्थिक कसूरमा यी प्रतिवादीको संलग्नताको तह र हद हेर्दा थुनामा नै राखी मुद्दाको कारबाही गर्नुपर्ने अवस्था रहेको नदेखिंदा पुर्पक्षका लागि थुनामा राख्ने विशेष अदालतको आदेश वेरितको देखिंदा बदर गरिदिएको छ,’ सर्वोच्चले आफ्नो आदेशमा भनेको छ।

विशेष अदालतले साउन २८ गते रोहितलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।