काठमाडौं। नेपाली कांग्रेसको संस्थापनइतरले मंसिर २१ देखि २३ सम्म काठमाडौंमा १५औं महाधिवेशन गर्ने प्रस्ताव गरेको छ।
पूर्वसभापति शेरबहादुर देउवा समूहले असोज १५ बाट वडा अधिवेशन थालेर मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको हो।
संस्थापनइतर पक्षका नेताको बुधबार बसेको बैठकमा डा. शशांक कोइरालाले महाधिवेशनको मिति प्रस्ताव गरेको एक नेताले जानकारी दिए।
कांग्रेसले भदौ २४ बाट वडा अधिवेशन गरी १५औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने तालिका यसअघि नै सार्वजनिक गरिसकेको छ।