BIZMANDU
www.bizmandu.com

बाढीले भएको क्षतिमा बीमा दाबी भुक्तानीका लागि प्राधिकरणमा ‘डेडिकेटेड टास्क फोर्स’

२०८३ भदौ १७

बाढीले भएको क्षतिमा बीमा दाबी भुक्तानीका लागि प्राधिकरणमा ‘डेडिकेटेड टास्क फोर्स’
बाढीले भएको क्षतिमा बीमा दाबी भुक्तानीका लागि प्राधिकरणमा ‘डेडिकेटेड टास्क फोर्स’


काठमाडौं। भोटेकोशी बाढीका कारण भएको क्षतिमा बीमा दाबी भुक्तानीका लागि नेपाल बीमा प्राधिकरणमा डेडिकेटेड टास्क फोर्स गठन गरिने भएको छ।

Vigo
GBIME
Tata

बाढीका कारण जलविद्युत आयोजना तथा सम्पत्तिमा पुगेको क्षतिबापतको दाबी भुक्तानीका लागि टास्क फोर्स गठन गरिने भएको हो।

बीमा दाबी र भुक्तानीको दैनिक अवस्था अनुगमन गर्न, कम्पनीको तरलता व्यवस्थापन गर्न र पुनर्बीमा शोधभर्नाका लागि टास्क फोर्सले काम गर्ने प्राधिकरणले जनाएको छ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भएको क्षतिमा इन्स्योरेन्स कम्पनीमा १५ गतेसम्म २५ अर्ब ८७ करोड रुपैयाँको दाबी आएको छ। बाढीले जलविद्युत आयोजनासँगै घर, सवारी साधन, सामान बगाएको छ। बीमा गरिएका यी सबैको दायित्व निर्जीवन बीमासँगै पुनर्बीमा कम्पनीलाई पर्छ।

आयोजना तथा सामानहरुमा भएको क्षति यकिनका लागि प्राधिकरणले सर्भेयर परिचालन गर्नेछ। दाबी भुक्तानीका लागि प्राधिकरणले कागजी प्रक्रियालाई सहज बनाउने जनाएको छ।

बीमा दाबी भुक्तानीमा सहजीकरण गर्न अर्थमन्त्री स्वर्णिम वाग्लले मंगलबार प्राधिकरण, बीमा कम्पनी, पुनर्बीमा कम्पनी तथा सर्भेयर संघका प्रतिनिधिलाई बोलाएर निर्देशन दिएका थिए।