BIZMANDU
www.bizmandu.com

अन्तर्राष्ट्रिय बहसमा नेपालले जलवायु परिवर्तनको मुद्दा बलियो गरी उठाउनुपर्ने विशेष प्रस्ताव पारित

२०८३ भदौ १७

अन्तर्राष्ट्रिय बहसमा नेपालले जलवायु परिवर्तनको मुद्दा बलियो गरी उठाउनुपर्ने विशेष प्रस्ताव पारित
काठमाडौँ, १७ भदौः सिंहदरबारस्थित सङ्घीय संसद भवनमा बुधबार बसेको प्रतिनिधिसभा बैठक । तस्बिरः प्रदीपराज वन्त/रासस


काठमाडौं। प्रतिनिधि सभाले जलवायु परिवर्तनको मुद्दा विश्व समुदायमार्फत बलियो गरी उठाउन सरकारको ध्यानकर्षण गराएको छ।

Vigo
GBIME
Tata

रसुवा, नुवाकोट तथा धादिङ लगायतका क्षेत्रमा आएको बाढीको कारण जलवायु परिर्वतन रहेको भन्दै बुधबारको बैठकले विशेष प्रस्ताव पारित गरेको हो।

सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गरेको प्रस्तावमा सरकारलाई ‘क्लाइमेट जस्टिस’को विषय अन्तर्राष्ट्रिय समुदायमा उठाउन भनिएको छ।

‘जलवायु परिवर्तनबाट सिर्जित राष्ट्रिय सुरक्षा चुनौती सम्बन्धमा अन्तर्राष्ट्रियस्तरमा नेपालले आफ्नो मुद्दा स्थापित गराउन आवश्यक छ। त्यसैले जलवायु परिवर्तनबाट सिर्जित क्षति र नोक्सानीको अन्तर्राष्ट्रिय बहसमा नेपालले आफ्नो आवाज अझ प्रष्ट र बलियो रूपमा उठाउनुपर्दछ। यस सम्बन्धमा म नेपाल सरकारको ध्यान आकृष्ट पार्न चाहन्छु,’ अर्यालले भने।

अर्यालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि भइरहेको, हिमनदी र हिमतालमा परिवर्तन भइरहेकोले नेपाल चपेटामा परेको बताए।

हिमपहिरोको जोखिम बढिरहेको र असामान्य वर्षाका घटना पनि देखिन थालेको प्रस्तावमा उल्लेख छ। विपद्‍पछिको व्यवस्थापन मात्र नभइ पूर्वतयारी हिमताल र हिमनदीको नियमित अध्ययन र अनुगमनलाई प्राथमिकतामा राख्न प्रतिनिधि सभाले सरकारलाई निर्देशन दिएको छ।

विशेष प्रस्ताव पारित गर्दै प्रतिनिधि सभाले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।