BIZMANDU
www.bizmandu.com

नागरिक अलर्टमार्फत बाढीबाट सम्पर्कविहीन चार जनाको उद्धार, ड्रोनबाट राहत वितरण

२०८३ भदौ १७

नागरिक अलर्टमार्फत बाढीबाट सम्पर्कविहीन चार जनाको उद्धार, ड्रोनबाट राहत वितरण
नागरिक अलर्टमार्फत बाढीबाट सम्पर्कविहीन चार जनाको उद्धार, ड्रोनबाट राहत वितरण


काठमाडौं। नागरिक अलर्टले भोटेकोसी बाढीपछि उद्धार र राहत वितरणमा महत्वपूर्ण भूमिका खेलेको दाबी गरेको छ। अलपास टेक्नोलोजी एण्ड इन्नोट्रेन्ड सोलुसनको यो अलर्टमार्फत चार जनाको उद्धार सम्भव भएको दाबी छ।

Vigo
GBIME
Tata

कम्पनीका चेयरम्यान मनिन्द्र मल्लले अलर्टमार्फत चार जनाको लोकेसन पत्ता लगाएर उद्धार गरिएको जानकारी दिए। ‘आपतकालिन अवस्थामा कहाँ के भइरहेको छ भन्ने कुरानै महत्वपूर्ण हुन्छ। आपतकालीन संचारको अवधारणा अनुसार नागरिक अलर्ट बनाएका थियौं,’ उनले बिजमाण्डूसँग भने, ‘अफलाइनमा पनि चल्ने भएकाले उहाँहरुले म्यासेज गर्नुभयो। हामीले त्यो सूचना सेनालाई दिएपछि तीन जना उद्धार गरिएको थियो।’

उनका अनुसार विदुर, त्रिशुली बजार र त्रिशुली जलविद्युत गृह नजिकैबाट चार जनाको उद्धार गरिएको थियो।

यही कम्पनीमार्फत दुई वटा ड्रोन समेत परिचालन गरिएको थियो। मल्लका अनुसार सय र पचास किलो बोक्नसक्ने ड्रोन धुन्चेमा लगेर राहत समेत वितरण गरिएको थियो। नेपाली सेनाको हेलिकोप्टरमार्फत ती ड्रोन लिएर गएर आपतमा परेका नागरिकलाई राहत पुर्‍याइएको मल्लले दाबी गरे।