BIZMANDU
www.bizmandu.com

अमेरिकाले इरानमा आक्रमण गर्दा विवाह कार्यक्रममा सहभागी ५ जनाको मृत्यु

२०८३ भदौ १७

अमेरिकाले इरानमा आक्रमण गर्दा विवाह कार्यक्रममा सहभागी ५ जनाको मृत्यु
अमेरिकाले इरानमा आक्रमण गर्दा विवाह कार्यक्रममा सहभागी ५ जनाको मृत्यु

अमेरिकाले इरानमा फेरि आक्रमण सुरु गरेको छ। अमेरिकाले गरेको आक्रमणमा खर्मनशाह प्रान्तमा धेरैजना मारिएको अलजजिराले उल्लेख गरेको छ।

Vigo
GBIME
Tata

दक्षिणी सिरिक शहरमा वैवाहिक कार्यक्रममा समेत आक्रमण हुँदा ५ जनाको मृत्यु भएको इरानी रिभोलुसनरी गार्डले जनाएको छ।

अमेरिकी आक्रमणमा रिभोलुसनरी गार्डका सदस्यहरु पनि मारिएको बताइएको छ।

अमेरिकाले आक्रमण गरेपछि इरानले पनि जवाफी आक्रमण सुरु गरेको छ। इरानले खाडी क्षेत्रमा अमेरिकाका मित्र राष्ट्रमाथि आक्रमण गरेको हो। कतार लगायतका देशले इरानले गरेको आक्रमणको विरोध गरेका छन्।

इरानले इराकमा रहेको अमेरिकी सैन्य बेसमा पनि आक्रमण गरेको छ।