BIZMANDU
www.bizmandu.com

नेपाल ‘ए’ तास्मानियासँग २ विकेटले पराजित, अर्को खेल साउथ अस्ट्रेलियासँग

२०८३ भदौ १७

नेपाल ‘ए’ तास्मानियासँग २ विकेटले पराजित, अर्को खेल साउथ अस्ट्रेलियासँग
नेपाल ‘ए’ तास्मानियासँग २ विकेटले पराजित, अर्को खेल साउथ अस्ट्रेलियासँग


काठमाडौं। नेपाल ‘ए’ टोली तास्मानियासँग २ विकेटले पराजित भएको छ। टप एण्ड क्रिकेटबाट बाहिरिएपछि नेपालले अन्य टोलीसँग सिरिज सुरु गरेको हो। यसअन्तर्गत अस्ट्रेलियाको आइल्याण्ड तास्मानियासँग खेलेको खेलमा अन्तिम ओभरसम्म पुगेर पराजित भएको हो।

Vigo
GBIME
Tata

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले फितलो ब्याटिङ गर्दै ४३.३ ओभरमा १९२ रनमा समेटिएको थियो। नेपालका लागि तृतराज दासले सर्वाधिक ३७ रन बनाउँदा मयन यादवले ३२, कुशल मल्लले २९ तथा पवन सर्राफले अविजित २९ रन बनाए। बलिङमा तास्मानियाका बिल्ली स्टेनलेकले ४ तथा राफ म्याकमिलन र प्रेस्टविजले समान २ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको तास्मानियाले ४ बल बाँकी छँदा ८ विकेट गुमाएर लक्ष्य भेट्टायो। उसका लागि टम ड्वेयरले सर्वाधिक ६० रन बनाउँदा राफ म्याकमिलनले ३२ तथा म्याथ्यु कुहनेमनले अविजित २३ रन बनाए। बलिङमा दीपक डुम्रे र शहाब आलमले समान २ तथा रिजन ढकाल, आकाश चन्द र पवन सर्राफले १ विकेट लिए पनि रोक्न सकेनन्।

नेपाल ‘ए’ ले अर्को खेलमा शुक्रबार साउथ अस्ट्रेलियासँग भिड्नेछ।