काठमाडौं। बाढी प्रभावितहरुको राहत र पुनर्स्थापनाका लागि बैंक तथा वित्तीय संस्थाले खुलेर सहयोग गरेका छन्।
अहिलेसम्म १४ वटा वाणिज्य बैंक र चार वटा विकास बैंकले ४३ करोड ४३ लाख रुपैयाँ सहयोग गरेका छन्। त्यसमध्ये ४१ करोड ३३ लाख लाख रुपैयाँ वाणिज्य बैंकहरुले दिएका हुन्।
ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै ५ करोड रुपैयाँ सहयोग गरेको छ। त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ करोड १ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।
एनएमबि बैंकले ३ करोड ५१ लाख, नेपाल बैंकले ३ करोड १० लाख नगद र ९ लाख रुपैयाँ बराबरको सामान तथा र कुमारी बैंकले ३ करोड नगदसहित राहत सामग्री हस्तान्तरण गरेका छन्।
प्राइम कमर्सियल बैंकले ३ करोड १ लाख, हिमालयन बैंकले ३ करोड १ लाख, राष्ट्रिय वाणिज्य बैंकले ३ करोड, सानिमा बैंकले २ करोड २५ लाख, एभरेस्ट बैंकले २ करोड ५१ लाख, सिद्धार्थ बैंकले २ करोड ५१ लाख, एनआइसी एसिया बैंकले २ करोड २१ लाख, प्रभु बैंकले २ करोड ११ लाख ११ हजार १११ र माछापुच्छ्रे बैंकले २ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।
लक्ष्मी सनराइज, स्टाण्डर्ड चार्टर्ड, कृषि विकास, नेपाल एसबिआई लगायत केही बैंकले सहयोग घोषणा गरेका छैनन्।
यस्तै चार वटा विकास बैंकले बाढी प्रभावितका लागि सरकारलाई २ करोड १० लाख रुपैयाँ उपलब्ध गराएका छन्।
सांग्रिला डेभलपमेन्ट बैंकले ७० लाख, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ६५ लाख, मुक्तिनाथ विकास बैंकले ५० लाख र कामना सेवा विकास बैंकले २५ लाख रुपैयाँ सहयोग गरेका हुन्। कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १० लाख तथा बैंकमा कार्यरत कर्मचारीहरूको एक दिनको तलब बापत १५ लाख गरी कुल २५ लाख रूपैयाँ सहयोग गरेको हो।
कुन बैंकले कति सहयोग गरे?
| बैंक तथा वित्तीय संस्था | सहयोग रकम |
| ग्लोबल आइएमई बैंक | ५ करोड |
| नेपाल इन्भेष्टमेन्ट मेगा बैंक | ४ करोड १ लाख |
| एनएमबि बैंक | ३ करोड ५१ लाख |
| नेपाल बैंक | ३ करोड १० लाख |
| प्राइम कमर्सियल बैंक | ३ करोड १ लाख |
| हिमालयन बैंक | ३ करोड १ लाख |
| कुमारी बैंक | ३ करोड |
| राष्ट्रिय वाणिज्य बैंक | ३ करोड |
| एभरेस्ट बैंक | २ करोड ५१ लाख |
| सिद्धार्थ बैंक | २ करोड ५१ लाख |
| सानिमा बैंक | २ करोड २५ लाख |
| एनआइसी एसिया बैंक | २ करोड २१ लाख |
| प्रभु बैंक | २ करोड ११ लाख ११ हजार |
| माछापुच्छ्रे बैंक | २ करोड १ लाख |
| सांग्रिला डेभलपमेन्ट बैंक | ७० लाख |
| शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक | ६५ लाख |
| मुक्तिनाथ विकास बैंक | ५० लाख |
| कामना सेवा विकास बैंक | २५ लाख |