काठमाडौं। एनएमबि बैंकले बाढी प्रभावितको राहत र पुनर्स्थापनाका लागि ३ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको हो।
सहयोग रकमको चेक बैंक संचालक समितिका अध्यक्ष मनोजकुमार गोयलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन्। चेक हस्तान्तरणमा बैंकका सञ्चालक समितिका सदस्य र प्रमुख कार्यकारी अधिकृत पनि उपस्थित थिए।
आफूले गरेको सहयोगबाट बाढी प्रभावितको उपचार, खाद्यान्न तथा आवास र क्षतिग्रस्त संरचना पुनर्निर्माणमा योगदान पुग्ने बैंकको विश्वास छ।