BIZMANDU
www.bizmandu.com

गृहमन्त्री गुरुङले भने,’राहतलाई भनेर पुराना, प्रयोग भएका कपडाहरु नपठाउनु होला’

२०८३ भदौ १७

गृहमन्त्री गुरुङले भने,’राहतलाई भनेर पुराना, प्रयोग भएका कपडाहरु नपठाउनु होला’
गृहमन्त्री गुरुङले भने,’राहतलाई भनेर पुराना, प्रयोग भएका कपडाहरु नपठाउनु होला’


काठमाडौं। रसुवाको भोटेकोशीमा गएको बाढीका कारण हजारौं घरबहारविहीन भएका छन्। एकातिर बेपत्ताको खोजी चलिरहेको छ, अर्कातिर विस्थापितलाई राहत दिने काम।

Vigo
GBIME
Tata

घरवारविहीन भएका र परिवारका सदस्य गुमाएकाको उद्धारपछि व्यवस्थापन कठिन बन्दै गएको छ। विभिन्न ठाउँबाट राहत सामाग्री समेत संकलन भइरहेका छन्। तर केही मानिसले राहत नाममा पुरानो र प्रयोग भएका कपडा समेत पठाउने गरेको भेटिएको छ।

गृहमन्त्री सुधन गुरुङले त्यसो नगर्न आग्रह गरेका छन्। राहत सामग्री हेलिमार्फत लगिने तर खोल्दा पुरानो र प्रयोग नै गर्न अनुपयुक्त भेटिएको बताएका छन्। ‘उहाँहरुलाई हेलिबाट ल्याएर कपडा दिँदा पुरानो हुँदा राम्रो हुँदैन। प्रयोग गरेका कपडाहरु स्वास्थ्यको हिसाबले पनि राम्रो हुँदैन,’ गुरुङले भने।

घरबारविहीन भन्दै राहतमा थोत्रा, पुराना र प्रयोग गरेका लुगा पठाउनु बाढीपीडीतलाई सहयोग नघइ अपमान हुने उनले बताएका छन्। राहत सामाग्री पठाउने सबैलाई त्यसो नगर्न पनि उनले आग्रह गरेका छन्।

‘उहाँहरूलाई विपत्तिले बाढीपीडित बनाएको हो। राहतमा मनमानी नगरौं,’ उनले भनेका छन्। अहिले सरकारले राहत वितरणमा एक द्वार प्रणाली नगरेको पनि उनले बताए।