BIZMANDU
www.bizmandu.com

चितवन को-ई ग्रुपले बाढीपीडितको उद्धार तथा पुनर्निर्माणका लागि गर्‍यो डेढ करोड सहयोग

२०८३ भदौ १७

चितवन को-ई ग्रुपले बाढीपीडितको उद्धार तथा पुनर्निर्माणका लागि गर्‍यो डेढ करोड सहयोग
चितवन को-ई ग्रुपले बाढीपीडितको उद्धार तथा पुनर्निर्माणका लागि गर्‍यो डेढ करोड सहयोग


काठमाडौं। चितवन को-ई ग्रुपले भोटेकोशी बाढीपीडितको उद्धार तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

Vigo
GBIME
Tata

ग्रुपले संस्थापक स्व. लक्ष्मण बाबु श्रेष्ठको समाजसेवाको आदर्शलाई पछ्याउँदै सो सहयोग गर्न लागेको हो।

सहयोग रकममध्ये मनकामना दर्शन प्रालि (केबुलकार)ले १ करोड २५ लाख र चितवन मिल्क लिमिटेडले २५ लाख रुपैयाँ रहने जनाएको छ।

कुल १ करोड ५० लाख रुपैयाँको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिनेछ।

ग्रुपले यसअघि २०७२ सालको भूकम्पमा पनि गोरखाका पूर्वी क्षेत्रका ९/१० गाविसमा राहत वितरण गरेको थियो। त्यतिबेला खाद्यान्न, त्रिपाल र स्वास्थ्य सामग्रीसहित आवश्यक सहयोग उपलब्ध गराइएको थियो।

संस्थापक श्रेष्ठकै इच्छाअनुसार धर्म तथा संस्कृतिको संरक्षणमा पनि ग्रुपले योगदान गर्दै आएको छ। पोखरास्थित विन्ध्यवासिनी मन्दिरको मुख्य प्रवेशद्वार निर्माणका लागि ग्रुपले १ करोड रुपैयाँ सहयोग गरेको छ।

आफ्नो कमाइको केही हिस्सा राष्ट्र निर्माण र समाजसेवामा लगाउने संस्थापकको संकल्पलाई ग्रुपले निरन्तरता दिएको जनाएको छ। पछिल्लो सहयोग पनि सोही सामाजिक उत्तरदायित्वको निरन्तरता भएको ग्रुपको भनाइ छ।