काठमाडौं। साहास ऊर्जा लिमिटेडले भोटेकोसी बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि १ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीका अध्यक्ष हिमप्रसाद पाठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ रकम जम्मा गरेको बताए।
साहास ऊर्जा निजी क्षेत्रले निर्माण गरेको सबैभन्दा ठूलो ८६ मेगावाटको सोलु दूधकोसी र ५ मेगावाटको हुग्दीखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। कम्पनीले ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना निर्माण गरिरहेको छ।