BIZMANDU
www.bizmandu.com

देउवा पक्षले पनि महाधिवेशनको तालिका ल्याउने भएपछि शेखरले थाले निकट नेतासँग छलफल

२०८३ भदौ १६

देउवा पक्षले पनि महाधिवेशनको तालिका ल्याउने भएपछि शेखरले थाले निकट नेतासँग छलफल
देउवा पक्षले पनि महाधिवेशनको तालिका ल्याउने भएपछि शेखरले थाले निकट नेतासँग छलफल


काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विवाद चर्किरहेका बेला आफू पक्षीय नेतासँग छलफल थालेका छन्। उनले मंगलबार विशालनगरस्थित सम्पर्क कार्यालयमा आफू पक्षका नेतालाई बोलाएर छलफल थालेका हुन्।

Vigo
GBIME
Tata

शेखरले डाकेको छलफलमा पूर्वउपसभापति धनराज गुरुङ, बलबहादुर केसी, बद्री पाण्डे, सुजाता कोइराला, शंकर भण्डारी, रामहरि खतिवडा, मिनेन्द्र रिजाल, नैनसिंह महरलगायत सहभागी छन्।

त्यसैगरी डा गोविन्दराज पोखरेल, दिनेश कोइराला, उमेशजंग रायमाझी, पुष्प पराजुली, रामकृष्ण चित्रकार, भुपेन्द्रजंग शाहीलगायत नेता सहभागी छन्। पूर्वसभापति शेरबहादुर देउवा पक्षले समेत महाधिवेशनको अलग्गै तालिका घोषणा गर्न लागेको अवस्थामा अब कसरी जाने भन्ने विषयमा छलफल सुरु भएको नेता रंगमती शाहीले बताइन्।

कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औं महाधिवेशन गर्ने गरी यसअघि नै तालिका ल्याइसकेको छ। त्यसको काउन्टरमा देउवा पक्षले पनि महाधिवेशनको तालिका ल्याउने तयारी गरेको छ।

शेखरले आइतबार डा. शशांक कोइराला र सोमबार पूर्वसभापति देउवालाई भेटेर पार्टीभित्रको समस्या समाधानका बारेमा छलफल गरेका थिए।