BIZMANDU
www.bizmandu.com

बाढीको ७ दिनसम्म चिलिमेमा पुगेन उद्धार सामग्री, फर्कियो भारतीय सेनाको टोली

२०८३ भदौ १६

बाढीको ७ दिनसम्म चिलिमेमा पुगेन उद्धार सामग्री, फर्कियो  भारतीय सेनाको टोली
बाढीको ७ दिनसम्म चिलिमेमा पुगेन उद्धार सामग्री, फर्कियो भारतीय सेनाको टोली


काठमाडौं। चिलिमे जलविद्युत आयोजनाको पावर हाउसभित्र ‍थुनिएका कर्मचारीको उद्धारमा सरकारले चरम ढिलासुस्ती गरेको छ।

Vigo
GBIME
Tata

भोटेकोशी नदीमा बाढी आएको ७ दिनसम्म पनि कर्मचारीको उद्धारका लागि सरकारले आवश्यक आधारभूत उपकरण र सामग्री आयोजनास्थलसम्म पुर्‍याउन नसकेको हो।

नेपाल विद्युत प्राधिकरणका अनुसार २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनाको पावरहाउसमा ६ जना कर्मचारी फसेका छन्। सरकारले अहिले उद्धारको नेतृत्व नेपाली सेनालाई दिएको छ। विद्युत प्राधिकरणले आफ्नो प्राविधिक टोली सेनाको अनुमतिविना खटाउन पाउँदैन।

‘हामीले सेनासँग कोर्डिनेट गर्ने हो। उहाँहरुले सबै काम गरिरहनु भएको छ,’ प्राधिकरणका एक इन्जिनियरले भने, ‘हामीले त्यहाँ उद्धारका लागि आवश्यक पर्ने सबै सामाग्री जुटाइसकेका छौं। तर, त्यहाँसम्म लैजान रोड एक्सेस छैन। सेनाले प्राविधिक जटिलता देखाएर एयर लिफ्टिङ गर्न मानिरहेको छैन। हाम्रो काम सेनालाई रिपोर्टिङ गर्ने मात्र हो अहिले।’

चिलिमेको विद्युत गृह भूमिगत भएका कारण कर्मचारीलाई सुरक्षित उद्धार गर्न सकिनेमा प्राधिकरण आशावादी छ।

उद्धारका लागि गएको भारतीय सेनाको प्राविधिक टोली समेत फर्किएको छ। ‘भारतीय सेनाको टोली गएको थियो। तर खोलाको सतह बढेको भनेर फर्किएको छ। पावर हाउससम्म पुग्ने ठाउँ नै अप्ठारो भएको भनेर सेना फर्केको हो,’ ती इन्जिनियरले भने।