इङ्ग्ल्याण्डसँगको तेस्रो टेस्ट अघि पाकिस्तानी टोलीले आफ्नो टोलीमा ब्यापक परिवर्तन गरेको छ। इङ्ग्ल्याण्डविरुद्धको अन्तिम टेस्ट खेलका लागि पाकिस्तानले आफ्नो टोलीमा ठूलो फेरबदल गरेको हो। इंग्ल्यान्डले टोलीमा रहेका सात खेलाडीलाई बाहिर राख्दै उनीहरूको स्थानमा सात नयाँ खेलाडीलाई समावेश गरेको हो।
लगातार हारपछि टोलीका ७ खेलाडी फिर्ता पठाएसँगै मुख्य प्रशिक्षक सर्फराज अहमद र बलिङ प्रशिक्षक उमर गुललाई पनि हटाएको हो।
यसअघिका दुई खेलमा पाकिस्तानले इङ्ग्ल्याण्डसँग लज्जास्पद हार ब्यहोरेको थियो। योसँगै पाकिस्तानले कोचिङस्टाफदेखि खेलाडीसम्म परिवर्तन गर्ने ‘बोल्ड’ निर्णय लिएको हो। फिर्ता पठाइएका खेलाडीमा मोहम्मद रिजवान, सलमन अली आघा, इमाम उल हक, अली उस्मान, आमीर जमाल, खुर्रम शहजाद र अवैस जफर छन्।
पाकिस्तानले सात खेलाडीलाई टोलीमा समावेश गरेको छ। ब्याटर साइम अयुब र अब्दुल्लाह फजलले यसअघि टेस्ट खेलिसकेका छन्। उनीहरूसँगै पाँच जना नयाँ खेलाडीले राष्ट्रिय टोलीमा स्थान पाएका छन्।
स्पिन बलिङ गर्ने अलराउन्डर अराफात मिन्हास, बायाँहाते तीव्र गतिका बलर मोहम्मद इमरान जुनियर, विकेटकिपर सइद बैग तथा अलराउन्डर मोहम्मद इमरान र रजाउल्लाहलाई टोलीमा बोलाइएको छ।
पाकिस्तानको टोलीमा पछिल्लो समय प्रदर्शन, चोट तथा खेलाडी व्यवस्थापनका कारण परिवर्तन हुँदै आएको छ। नयाँ प्रशिक्षक स्टेफन फ्लेमिङको आगमनको तयारीसँगै टेस्ट टोलीमा समेत नयाँ संयोजन बनाउने प्रयास रहनेछ।