BIZMANDU
www.bizmandu.com

करदाता प्रोत्साहन उपहार विजेता घोषणा कार्यक्रम स्थगित, भदौ महिनाभरको अब असोजमा

२०८३ भदौ १६

करदाता प्रोत्साहन उपहार विजेता घोषणा कार्यक्रम स्थगित, भदौ महिनाभरको अब असोजमा
करदाता प्रोत्साहन उपहार विजेता घोषणा कार्यक्रम स्थगित, भदौ महिनाभरको अब असोजमा

काठमाडौं। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहारका विजेता घोषणा गर्ने कार्यक्रम स्थगित गरेको छ।

Vigo
GBIME
Tata

भदौ १ देखि १५ गतेसम्म खरिदबिक्री गरी बिलबिजक लिएका ग्राहकबाट मंगलबार उपहार विजेता घोषणा गर्ने कार्यक्रम थियो।

भदौ १० गतेको बाढीले रसुवा, नुवाकोट र धादिङमा पुर्‍याएको क्षतिपछि उत्पन्न परिस्थितिका कारण कार्यक्रम स्थगित गरिएको विभागले जनाएको छ।

विभागका अनुसार भदौ १ देखि १५ गतेसम्मका विजेताको घोषणा अब असोज १ गते हुनेछ। त्यसदिन भदौ महिनाभर कारोबार गरेका मध्येबाट ३० जना उपहार विजेता र दुई जना बम्पर उपहार बिजेता छनोट हुनेछन्।