BIZMANDU
www.bizmandu.com

सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

२०८३ भदौ १६

सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग
सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग


काठमाडौं । गत साता गएको बाढीबाट प्रभावितहरुको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि सफ्टी हाइजिन प्रालीले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

Vigo
GBIME
Tata

उक्त सहयोग रकमको चेक कम्पनीका संचालक विजय पोखरेल र सुबास भण्डारीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

यो सहयोगले विपदबाट प्रभावित नागरिकहरुको तत्काल उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुग्ने कम्पनीले विश्वास लिएको जनाएको छ।

सफ्टी हाइजिनले विपद्को यस कठिन समयमा सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै विपद् तथा संकटका समयमा राज्य र समुदायसँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

सफ्टी हाइजिन सम्पूर्ण नागरिकलाई प्रभावित समुदायको राहत तथा पुनर्स्थापनामा आआफ्नो क्षेत्रबाट सहयोग गर्नसमेत आग्रह गरेको छ। कम्पनीले सफ्टीका सेनेटरी प्याड, टिस्यु पेपर, डाइपर, वेवी वाइप्सजस्ता उत्पादनहरु गर्दै आएको छ।