BIZMANDU
www.bizmandu.com

रसुवा बाढी : मृत्यु हुनेको संख्या १००० नाघ्यो, ४ हजार ५०० बढी बेपत्ता

२०८३ भदौ १६

रसुवा बाढी : मृत्यु हुनेको संख्या १००० नाघ्यो, ४ हजार ५०० बढी बेपत्ता
रसुवा बाढी : मृत्यु हुनेको संख्या १००० नाघ्यो, ४ हजार ५०० बढी बेपत्ता

काठमाडौं । बुधबार आएको बाढीमा मृत्यु हुनेको संख्या एक हजार नाघेको छ। प्रहरीले आज बिहान ८ बजेसम्मको तथ्यांक सार्वजनिक गर्दै हालसम्म १ हजार १० जनाको शव फेला परेको उल्लेख गरेको हो।

Vigo
GBIME
Tata

हालसम्म ५६ जनाको शवमात्रै परिवारलाई हस्तान्तरण गरिएको छ। ५८१ जनाको शव जमिनमा गाडेर व्यवस्थापन गरिएको छ।

बाढीमा बेपत्ता हुनेको संख्या ४ हजार ५९९ पुगेको छ। बाढीबाट प्रभावितहरु मध्ये ३ हजार ४५३ जना हाल होल्डिङ सेन्टरमा रहेको जनाइएको छ।