BIZMANDU
www.bizmandu.com

सुनचाँदीको मूल्य घट्यो, मंगलबार सुन तोलाको ३ लाख ६ हजार १ सय, चाँदी कति?

२०८३ भदौ १६

सुनचाँदीको मूल्य घट्यो, मंगलबार सुन तोलाको ३ लाख ६ हजार १ सय, चाँदी कति?
सुनचाँदीको मूल्य घट्यो, मंगलबार सुन तोलाको ३ लाख ६ हजार १ सय, चाँदी कति?

काठमाडौं। सुनचाँदीको मूल्य लगातार घटेको छ। मंगलबारका लागि सुनको कारोबार मूल्य प्रति तोला ३ लाख ६ हजार १ सय रुपैयाँ निर्धारण भएको छ।

Vigo
GBIME
Tata

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको भन्दा सुन तोलामा ५ सय रुपैयाँ घटेको हो। सोमबार सुन तोलामा एक हजार २ सय रुपैयाँले घटेर प्रति तोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यसअघि साताको पहिलो दिन सुन प्रति तोला ३ लाख ९ हजार रुपैयाँ थियो।

चाँदीको मूल्य मंगलबार तोलामा १५ रुपैयाँले घट्दै प्रति तोला ४ हजार ७ सय ६५ रुपैयाँ आइपुगेको छ। सोमबार तोलाको ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य मंगलबार प्रति औंस ४४३३.१२ डलर भएको छ। चाँदी प्रति औंस ६६.४५ डलर छ।