काठमाडौं। शंकर ग्रुपले विपद् पीडित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप कोषमा चार करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ।
ग्रुपका निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो।
शंकर ग्रुपले विपद्को तेस्रो दिनमै गृह मन्त्रालयको समन्वयमा भैरहवाका प्रमुख जिल्ला अधिकारीमार्फत विस्थापित नागरिकहरूको अस्थायी आश्रयका लागि २५ लाख बराबरका दुई हजार ५०० थान टार्पोलिन टेन्ट उपलब्ध गराएको थियो।
विपद्को समयमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्वयंसेवक तथा उद्धार प्रक्रियामा सहभागी सबैलाई ग्रुपले आभार व्यक्त गरेको छ।