काठमाडौं। अर्जेन्टिनी फुटबल कप्तान लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट संन्यासको घोषणा गरेका छन्। कतार विश्वकपमा अर्जेन्टिनालाई च्याम्पियन बनाएर यसवर्ष सम्पन्न विश्वकपको फाइनलसम्म टोलीलाई पुर्याएका मेस्सीले संन्यासको घोषणा गरेका हुन्।
विश्वकपको फाइनल सकिएको केही समयपछि धेरै सोचविचार गरेर आफूले यो निर्णय लिएको मेस्सीले सामाजिक सञ्जालमार्फत बताएका छन्। उनले राष्ट्रिय टोलीबाट अलग हुने निर्णयले आफ्नो आत्मामा गहिरो चोट पुगेको भए पनि अब यही सही समय भएको उल्लेख गरेका छन्।
‘यो निर्णयले मलाई चोट पुर्यायो र अझै पनि मेरो आत्मामा चोट दिइरहेको छ। तर अब यही समय हो,’ मेस्सीले लेखेका छन्।
मेस्सीले पछिल्ला केही वर्षमा अर्जेन्टिनाले उपाधि जित्दा मात्रै नभई आफ्नो सम्पूर्ण अन्तर्राष्ट्रिय करिअरमा राष्ट्रिय टोलीका लागि सक्दो योगदान दिएको बताएका छन्। अर्जेन्टिनाको जर्सीका लागि आफूले सधैँ संघर्ष गरेको र फुटबलमार्फत देशवासीलाई खुसी तथा गौरवान्वित बनाउने प्रयास गरेको उनको भनाइ छ।
उनले युवाछँदादेखि यसवर्षको विश्वकपसम्मको उनको भिडियो पनि राखेका छन्। अर्जेन्टिनी फुटबल संघले पनि सामाजिक सञ्जालमा पोस्ट राख्दै उनलाई ‘धन्यवाद क्याप्टेन’ भनेको छ।
‘अझ थोरै मात्र बाँकी छ र अध्यायहरू बन्द हुँदैछन्। यो अध्यायले मलाई धेरै पीडा दिएको छ,’ उनले लेखेका छन्, ‘म राष्ट्रिय टोलीमा रहन मन पराउँथेँ, मन पराउँछु र सधैँ माया गरिरहनेछु। मैले आफूलाई पूर्ण रूपमा समर्पित गरिसकेको छु। अब मसँग दिनका लागि केही बाँकी छैन,’
उनले अर्जेन्टिनाको राष्ट्रिय टोलीमा उत्कृष्ट युवा खेलाडीहरू आइरहेको उल्लेख गर्दै उनीहरूले पनि राष्ट्रिय टोलीमा स्थान पाउन योग्य रहेको बताएका छन्।
मेस्सीले राष्ट्रिय टोलीसँग बिताएका २० वर्षका लागि समर्थकलाई धन्यवाद दिएका छन्। अब आफू टोलीको बाहिरबाट अर्जेन्टिनालाई समर्थन गर्ने र राम्रो–नराम्रो दुवै समयमा साथ दिने उनले बताएका छन्।
‘अब म तपाईंहरूमध्ये एक हुनेछु। बाहिरबाट सधैँ समर्थन र हौसला दिइरहनेछु,’ उनले लेखेका छन्।
मेस्सीले आफ्नो परिवार, प्रशिक्षक, सहकर्मी खेलाडी तथा अर्जेन्टिना फुटबलका पदाधिकारीप्रति पनि आभार व्यक्त गरेका छन्। राष्ट्रिय टोलीसँग बिताएका अविस्मरणीय क्षण र सम्झनाहरू आफूले लिएर जाने उनको भनाइ छ।
मेस्सीले आफूलाई अर्जेन्टिनेली बनाएकोमा भगवानलाई धन्यवाद दिँदै अन्त्यमा ‘गो अर्जेन्टिना!’ लेखेका छन्।

‘बुबासँग भएको घटनापछि झन् विश्वस्त भएँ’
मेस्सीले आफ्नो यो सन्देश भने विश्वकप फाइनलको दुई दिनपछि जुलाई २१ मै लेखेको खुलासा गरेका छन्। उनले अहिले आफ्ना बुबासँग भएको घटनापछि राष्ट्रिय टोलीबाट सन्यास लिने निर्णयमा आफू झन् विश्वस्त भएको बताएका छन्।
‘यी शब्दहरू मैले विश्वकप फाइनलको दुई दिनपछि लेखेको थिएँ। मेरो बुबासँग भएको घटनापछि, म पहिलेभन्दा पनि बढी विश्वस्त छु,’ उनले लेखेका छन्।
मेस्सीले अर्जेन्टिनाका लागि २० वर्षभन्दा बढी समय अन्तर्राष्ट्रिय फुटबल खेलेका छन्। यस अवधिमा उनले अर्जेन्टिनालाई कोपा अमेरिका र विश्वकपसहित महत्वपूर्ण अन्तर्राष्ट्रिय उपाधि दिलाएका छन्।