BIZMANDU
www.bizmandu.com

अन्तर्राष्ट्रिय हानी नोक्सानी कोषलाई सरकारको पत्र, ‘बाढीले पुर्‍याएको क्षति हाम्रो कारणले होइन’

२०८३ भदौ १५

अन्तर्राष्ट्रिय हानी नोक्सानी कोषलाई सरकारको पत्र, ‘बाढीले पुर्‍याएको क्षति हाम्रो कारणले होइन’
अन्तर्राष्ट्रिय हानी नोक्सानी कोषलाई सरकारको पत्र, ‘बाढीले पुर्‍याएको क्षति हाम्रो कारणले होइन’

काठमाडौं। सरकारले जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय हानी नोक्सानी कोषलाई बाढीले पुर्‍याएको नोक्सानीको‌ जानकारी गराउँदै पत्र पठाएको छ।

Vigo
GBIME
Tata

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र वातावरण मन्त्री गीता चौधरीको संयुक्त हस्ताक्षरमा सोमबार कोषलाई पत्र पठाइएको हो। बाढीले पुर्‍याएको नोक्सानी नेपालको कारणले नभएको निष्कर्षसहित पत्र पठाइएको छ।

‘बाढीले जुन खालको नोक्सानी गरेको छ। यसमा नेपालको कुनै भूमिका छैन। जलवायुजन्य विपद्ले भएको नोक्सानी विश्व समुदायले थाहा पाउन् भनेर पत्र लेखिएको हो’, अर्थ मन्त्रालय स्रोतले भन्यो।

पत्र पठाउँदै नेपालले आपतकालीन र दीर्घकालीन दुवै सहयोगको अपेक्षा पनि गरेको छ।

‘नेपालको कुनै गल्तीबिना आफ्नो सामर्थ्यभन्दा ठूलो क्षति भोग्नुपरेको छ। जलवायुका कारण भएको नोक्सानीबारे विश्व समुदायले सोच्न आवश्यक छ’, पत्रमा उल्लेख गरिएको छ।

कोषले जलवायु परिवर्तनका कारण प्रभावित गरिब मुलुकहरूले भोगिरहेको क्षतिमा सहयोग जुटाउँदै आएको छ।