BIZMANDU
www.bizmandu.com

राष्ट्रपति पौडेलसँग रविले गरे भेट, उद्धार र राहतका लागि सरकारले गरिरहेका कामको ब्रिफिङ

२०८३ भदौ १५

राष्ट्रपति पौडेलसँग रविले गरे भेट, उद्धार र राहतका लागि सरकारले गरिरहेका कामको ब्रिफिङ
राष्ट्रपति पौडेलसँग रविले गरे भेट, उद्धार र राहतका लागि सरकारले गरिरहेका कामको ब्रिफिङ

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

Vigo
GBIME
Tata

रविले सोमबार शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग वार्ता गरेका हुन्। रविले भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीले पुर्‍याएको क्षतिपछि सरकारले उद्धार र राहतका लागि गरिरहेको कामबारे ब्रिफिङ गरेको उनका स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिए।

राष्ट्रपति निवासमा जानुअघि रविले सिंहदरबार पुगेर प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटेका थिए।

बालेनले रविलाई विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच र पुनर्स्थापनाका लागि सरकारी संयन्त्रले पूर्ण क्षमताका साथ काम गरिरहेको जानकारी गराएका थिए।