काठमाडौं । गत बुधबार आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नोना कोइराला स्मृति प्रतिष्ठानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने भएको छ।
बिराटनगरमा रहेको प्रतिष्ठानले कोषमा एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।
प्रजातन्त्र सेनानी तथा महिला नेतृ नोना कोइरालाको स्मृतिमा स्थापना भएको यस सामाजिक संस्थाको संरक्षक नेपाली कांग्रेसका नेता शेखर कोइराला तथा अध्यक्ष श्रीमती पुनम कोइराला हुन।