BIZMANDU
www.bizmandu.com

नेपाल भलिबल लिगले पहिलो दिनको टिकटबाट उठेको रकम बाढीपीडीतलाई दिने

२०८३ भदौ १५

नेपाल भलिबल लिगले पहिलो दिनको टिकटबाट उठेको रकम बाढीपीडीतलाई दिने
नेपाल भलिबल लिगले पहिलो दिनको टिकटबाट उठेको रकम बाढीपीडीतलाई दिने

काठमाडौं। नेपाल भलिबल लिग (एनभीएल)ले लिगको पहिलो दिन टिकटबाट उठेको रकम बाढीपीडितलाई दिने भएको छ। भदौ १९ गतेबाट प्रतियोगिता सुरु हुँदैछ।

Vigo
GBIME
Tata

‘एनभीएलको पहिलो दिन भदौ १९ गतेको खेलका लागि टिकट बिक्रीबाट संकलन हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।’ विज्ञप्तिमा भनिएको छ।

एनभीएलको सबै खेलको टिकट आइएमई खल्ती लिमिटेडबाट खरिद गर्न सकिने आयोजकले जनाएको छ। एनभीएलले पुरुष भलिबलको पहिलो संस्करण आयोजना गर्न लागेको छ। यसका लागि अक्सन गरेर नेपाली खेलाडीसँगै विदेशी खेलाडी पनि धमाधम घोषणा गरिरहेको छ।

काठमाडौंको त्रिपुरेश्वरमा हुने प्रतियोगिता भदौ २७ गते टुंगिनेछ।