काठमाडौं। बाढीग्रस्त क्षेत्रमा उद्धार र राहतका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा निकायसँग ब्रिफिङ लिन सुरु गरेका छन्।
बालेनले सोमबार प्रधान सेनापति अशोकराज सिग्देललाई बोलाएर बाढी प्रभावित क्षेत्रमा हालसम्म भएका खोजी, उद्धार, राहत तथा घाइतेहरूको व्यवस्थापनका विषयमा विस्तृत ब्रिफिङ लिएको उनको सचिवालयले जनाएको छ।
उनले प्रधानसेनापति सिग्देललाई उद्धारलाई उच्च प्राथमिकता दिन भनेका छन्। बालेनले बाढीबाट प्रभावित नागरिकको जीवन रक्षा, घाइतेको निःशुल्क उपचार र राहत वितरणमा कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।
बालेनले सशस्त्र प्रहरीका महानिरीक्षक नारायणदत्त पौडेल र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई पनि बोलाएका छन्।