BIZMANDU
www.bizmandu.com

निफ्राको लाभांश घोषणा, सेयरधनीलाई १ अर्ब १३ करोड ६८ लाख रुपैयाँ बाँड्ने

२०८३ भदौ १५

निफ्राको लाभांश घोषणा, सेयरधनीलाई १ अर्ब १३ करोड ६८ लाख रुपैयाँ बाँड्ने
निफ्राको लाभांश घोषणा, सेयरधनीलाई १ अर्ब १३ करोड ६८ लाख रुपैयाँ बाँड्ने

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५.२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ।

GBIME
Tata

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कर प्रयोजनसहित ५.२६ प्रतिशत अर्थात १ अर्ब १३ करोड ६८ लाख रुपैयाँ लाभांश बाँड्ने निर्णय गरेको हो।

बैंकको चुक्ता पुँजी हाल २१ अर्ब ६० करोड रुपैयाँ छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ कम्पनीको साधारण सभाले पारित गरेपछि सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन्।