BIZMANDU
www.bizmandu.com

सुरुङमा उद्धार ढिलाइप्रति इन्जिनियरहरूमा चिन्तासँगै आक्रोस, ‘आज उनीहरु, भोलि हामीहरु!’

२०८३ भदौ १५

सुरुङमा उद्धार ढिलाइप्रति इन्जिनियरहरूमा चिन्तासँगै आक्रोस, ‘आज उनीहरु, भोलि हामीहरु!’
सुरुङमा उद्धार ढिलाइप्रति इन्जिनियरहरूमा चिन्तासँगै आक्रोस, ‘आज उनीहरु, भोलि हामीहरु!’


काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीका कारण जलविद्युत आयोजनाका सुरुङभित्र फसेका इन्जिनियर तथा कामदारहरूको उद्धारमा चरम ढिलाइ भएको भन्दै इन्जिनियरहरूले सामाजिक सञ्जालमा ‘आज उनीहरू, भोलि हामीहरू’ अभियान चलाएका छन्।

Vigo
GBIME
Tata

हप्तादिनसम्म पनि नागरिकहरू जीवन र मृत्युको दोसाँधमा रहँदा सरकारले युद्धस्तरमा उद्धार कार्य अघि नबढाएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन्।

नेपाल इन्जिनियरिङ एसोसिएसनका अध्यक्षको आक्रोश नेपाल इन्जिनियरिर्स एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले सरकारको सुस्त गतिप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै उद्धार कार्यमा अत्यधिक ढिलासुस्ती भएको बताएका छन्।

‘हेल्लो सरकार, धेरै ढिला भयो। तिमी माथि विश्वास थियो तर अब डर लागिरहेको छ। हामी हाम्रा इन्जिनियर साथीहरू र अन्य सहयोगी कामदारहरू गुमाउन चाहँदैनौँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

राज्यको संवैधानिक जिम्मेवारीको परीक्षा विभिन्न सुरुङ तथा जलविद्युत गृहभित्र फसेका नागरिकहरूको तत्काल उद्धार गर्नु केवल मानवीय दायित्व मात्र नभई राज्यको प्रमुख संवैधानिक जिम्मेवारी भएको अभियानकर्मीहरूको ठहर छ।

संकटको यस घडीमा जनताप्रति सरकारले निर्वाह गर्नुपर्ने भूमिकाको प्रत्यक्ष परीक्षा भइरहेको उनीहरूको भनाइ छ।

हप्ता दिनसम्म पनि पर्याप्त स्रोत–साधन, दक्ष जनशक्ति र आवश्यक समन्वयका साथ एकसाथ सबै प्रभावित क्षेत्रमा उद्धार कार्य नबढाइनु अत्यन्त गम्भीर विषय भएको बताउँदै सुरुङभित्र फसेका नागरिकको जीवनरक्षाका लागि अब थप ढिलाइ सह्य नहुने चेतावनी इन्जिनियरहरूले दिएका छन्।

हाल निर्माणमा रहेका ११ जना जलविद्युत आयोजना ८९७ जना सम्पर्कविहीन छन्।

निर्माणाधीन माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाका ५७६ जना, १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा ९३ जना १२० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा ४ जना,  २० मेगावाटको लाङटाङ खोलामा ४१ जना, २२ मेगावाटको चिलिमेमा ८ जना, ५ मेगावाट क्षमताको मैलुङ खोलामा ७ जना सम्पर्कविहीन छन्।

यस्तै २४ मेगावाटको त्रिशूली जलविद्युत आयोजनामा १ जना,  १४.१ मेगावाट क्षमताको देवीघाटमा १ जना, माथिल्लो त्रिशूली थ्री ‘ए’मा ४२ जना, ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘बी’मा १२२ जना, १५.६ मेगावाटको मिडल त्रिशूली गंगामा २ जना सम्पर्कविहीन छन्।

सरकारले शनिबारदेखि टोली परिचालन गरेको भए पनि आयोजनाका सुरुङको मुख पहिचान गर्दै उद्धारको काम हुन सकेको छैन। उद्धार टोलीमा नेपालीसँगै भारतीय र चिनियाँ प्राविधिकको टोली पनि मिसिएर आइतबारदेखि काम गरिरहेका छन्।