BIZMANDU
www.bizmandu.com

बाढी पीडितका लागि चीनले दियो ३० करोड रुपैयाँ, राजदूतले अर्थमन्त्रीलाई हस्तान्तरण गरे चेक

२०८३ भदौ १४

बाढी पीडितका लागि चीनले दियो ३० करोड रुपैयाँ, राजदूतले अर्थमन्त्रीलाई हस्तान्तरण गरे चेक
बाढी पीडितका लागि चीनले दियो ३० करोड रुपैयाँ, राजदूतले अर्थमन्त्रीलाई हस्तान्तरण गरे चेक

काठमाडौं। बाढी पीडितका लागि घोषणा गरेको नगद सहयोग चीनले सरकारलाई हस्तान्तरण गरेको छ।

Vigo
GBIME
Tata

नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई झन्डै साढे ३० करोड रुपैयाँ अर्थात २० लाख अमेरिकी डलरको चेक हस्तान्तरण गरेका हुन्।

राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँ अर्थात २ लाख अमेरिकी डलरको चेक पनि हस्तान्तरण गरे।

राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विशाल प्रलयका कारण नेपाल र चीनले भोगेको विपत्तिको सामना दुवै देशले मिलेर गर्ने बताए।