BIZMANDU
www.bizmandu.com

कृष्णभीरले काठमाडौं ‘डिस्कनेक्ट’ गरेपछि एनओसी र उद्योगीको बैठक, यसरी ल्याइनेछ ग्यास

२०८३ भदौ १४

कृष्णभीरले काठमाडौं ‘डिस्कनेक्ट’ गरेपछि एनओसी र उद्योगीको बैठक, यसरी ल्याइनेछ ग्यास
कृष्णभीरले काठमाडौं ‘डिस्कनेक्ट’ गरेपछि एनओसी र उद्योगीको बैठक, यसरी ल्याइनेछ ग्यास


काठमाडौं। नेपाल आयल निगमले पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरोले सडक अवरुद्ध गरेपछि खाना पकाउने ग्यासको आपूर्तिका लागि वैकल्पिक उपाय अबलम्बन गरेको छ।

Vigo
GBIME
Tata

निगम र नेपाल एलपी ग्यास उद्योग संघबीच आइतबार भएको बैठकअनुसार काठमाडौं आसपासका जिल्लामा ग्यास बिक्रीका लागि वैकल्पिक उपाय अबलम्बन गर्ने निर्णय भएको हो।

संघका पूर्वअध्यक्ष एवं एसजी समूहका अध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार काठमाडौंमा बुलेट ल्याउन सम्भव नभएपछि चितवन, मकवानपुर, नवलपरासी र पर्सामा रहेका ग्यास उद्योगमा रिफिल गरिनेछ। त्यहाँ रिफिल गरिएका ग्यास सिलिण्डर ट्रकमार्फत काठमाडौं ल्याएर बिक्री गरिनेछ।

‘बुलेट काठमाडौं ल्याउन सम्भव नभएपछि चितवन, नवलपरासी, मकवानपुर र पर्सामा रहेका उद्योगमा रिफिल गर्ने निर्णय भएको हो। त्यहाँ रिफिल भएपछि सानो ट्रकमा हालेर वैकल्पिक बाटोबाट ल्याउन सकिन्छ,’ उनले भने।

बाढीका कारण कृष्णभीर क्षेत्रमा बाटो बगाएकोले सुरक्षाका हिसाबले आवश्यक क्षेत्रमा पर्ने ग्यास धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, काठमाडौं र काभ्रेमा रहेका ग्यास उद्योगमा १८ टन ग्यास मौज्दात राख्ने निर्णय समेत गरेको छ।