काठमाडौं। अर्घाखाँची सिमेन्टले प्रधानमन्त्री दैवी उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ। उद्योगका संचालकहरूले आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेका छन्।
‘भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दछौं। यो दु:खद घडीमा प्रभावित परिवार तथा समुदायको उद्धार, राहत र पुन:स्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी उद्धार कोषमा यो रकम उपलब्ध गराएका छौं,’ कम्पनीका संचालक राजेश अग्रवालले भने, ‘विपद्को कठिन समयमा पीडित नागरिकहरूको साथमा उभिनु हाम्रो सामाजिक दायित्व मात्रै नभई मानवीय कर्तव्य पनि हो।’
उनले राहत तथा पुनर्स्थापनाका कार्यमा आगामी दिनमा उद्योगले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ।