BIZMANDU
www.bizmandu.com

त्रिशूली-३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङ भेटियो, लेदो निकाल्दै सुरक्षाकर्मीको टोली

२०८३ भदौ १४

त्रिशूली-३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङ भेटियो, लेदो निकाल्दै सुरक्षाकर्मीको टोली
त्रिशूली-३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङ भेटियो, लेदो निकाल्दै सुरक्षाकर्मीको टोली

काठमाडौं। त्रिशूली-३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङ भेटिएको छ।

Vigo
GBIME
Tata

विशेषज्ञ सहितको सुरक्षाकर्मीको टोलीले ड्रिलिङ मेसिन, स्काभेटर, हाइड्रोलिक कटर लगायत सामग्रीको प्रयोग गरी सुरुङ फेला पारेको हो। आयोजनाका कर्मचारीको उद्धारका लागि तीन दिनको प्रयासपछि सुरुङ फेला परेको हो।

सुरुङको मुखबाट अवलोकन गर्दा ७ मिटरको डाइमिटरमा धेरै माथिसम्म पानीको सतह देखिएको छ।

उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका साथ सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका ६ जना गरी कूल ९० जनाको टोली खटिएको छ।

टोलीले अहिले ठूला उपकरण, ब्लास्टिङ तथा प्वाल फराकिलो पार्ने काम गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।