BIZMANDU
www.bizmandu.com

सेयरधनीलाई ६ कम्पनी र १७ वटा म्युचुअल फण्डले गरे लाभांश घोषणा, कुनको कति?

२०८३ भदौ १४

सेयरधनीलाई ६ कम्पनी र १७ वटा म्युचुअल फण्डले गरे लाभांश घोषणा, कुनको कति?
सेयरधनीलाई ६ कम्पनी र १७ वटा म्युचुअल फण्डले गरे लाभांश घोषणा, कुनको कति?


काठमाडौं। नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट धमाधम लाभांश घोषणा गर्न थालेका छन्।

Vigo
GBIME
Tata

नेप्सेमा सूचीकृत बैंक, जलविद्युत कम्पनी र सामूहिक लगानी कोषले सेयरधनीलाई दिने प्रतिफल प्रस्ताव गरिरहेका हुन्।

वाणिज्य बैंकतर्फ एभरेष्ट र सानिमा बैंकले प्रतिफल घोषणा गरेका छन्।

सेयरधनीलाई एभरेष्ट बैंकले ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद दिने भएको छ। सानिमा बैंकले १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

कामना सेवा विकास बैंकले १५ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत, सुपर मादी हाइड्रोपावरले १५ प्रतिशत र माण्डू हाइड्रोपावरले १२ प्रतिशत लाभांश घोषणा गरेका छन्।

नियामक निकायको स्वीकृतिसँगै साधारण सभाबाट पारित भएपछि कम्पनीका सेयरधनीले लाभांश पाउनेछन्।

कम्पनीलाभांश प्रतिशत
कामना सेवा विकास बैंक१५
सांग्रिला डेभलपमेन्ट बैंक१०.५२
माण्डू हाइड्रोपावर१२
सुपर मादी हाइड्रोपावर१५
एभरेष्ट बैंक१५
सानिमा बैंक१०

भदौ दोस्रो सातासम्म बन्द र खुलामुखी गरी १७ वटा सामूहिक लगानी कोष व्यवस्थापकले इकाइधनीलाई दिने प्रतिफल घोषणा गरेका छन्।

म्युचुअल फण्डलाभांश प्रतिशत
सनराइज फोकस्ड इक्विटी फण्ड४.५
प्रभु सेलेक्ट फण्ड१२
प्रभु स्मार्ट फण्ड१२
सानिमा ग्रोथ फण्ड
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३१०
एनएमबि फिप्टी३.१५
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२१०
एनएमबि हाइब्रिड फण्ड एल-२४.५
रिलायबल समृद्धि योजना८.४२
कुमारी इक्विटी फण्ड१०
कुमारी धनवृद्धि योजना१०
कुमारी सबल योजना२.९
एमबीएल इक्विटी फण्ड
एनएमबि सरल बचत फण्ड इ५.२५
कुमारी सुनौलो लगानी योजना१०.५
सिद्धार्थ व्यवस्थित लगानी योजना