BIZMANDU
www.bizmandu.com

रसुवापारि सिजाङको पहिरो : १०४ जना नेपालीसहित २६१ विदेशीको अवस्था अज्ञात

२०८३ भदौ १४

रसुवापारि सिजाङको पहिरो : १०४ जना नेपालीसहित २६१ विदेशीको अवस्था अज्ञात
(260829) -- GYIRONG, Aug. 29, 2026 (Xinhua) -- Machines clear a road at the mudslide-hit area in Gyirong County, southwest China's Xizang Autonomous Region, Aug. 29, 2026. A fast-moving chain mudslide, triggered by a high-altitude glacier collapse on the Nepalese side, has caused heavy casualties and left many missing at a port on the China-Nepal border in southwest China's Xizang Autonomous Region. Rescuers immediately launched an all-out effort to reach the mudslide-hit port and search for the missing. (Xinhua/Tenzing Nima Qadhup)


केरुङ। रसुवा नाका पारि दक्षिण-पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत चीन–नेपाल सीमाको केरुङ नाकामा गएको पहिरोमा वेपत्ता २३ देशका २६१ विदेशी नागरिकको अवस्था अझै अज्ञात छ। विनाशकारी बाढीले नेपालतर्फ ठूलो क्षति गर्दा पारि चिनियाँ भूभागमा पनि विनाश गरेको छ।

Vigo
GBIME
Tata

बेपत्ताको खोजी भइरहेको जानकारी चिनियाँ स्थानीय अधिकारीहरूले आइतबार दिएका हुन्। गत बुधबारको विनाशकारी बाढीसँगै पहिरो खसेको थियो। परराष्ट्र, सार्वजनिक सुरक्षा, संस्कृति तथा पर्यटन र आपत्कालीन व्यवस्थापन निकायले गरेको संयुक्त खोजी तथा विवरण रुजुपछि क्षेत्रीय सरकारको सूचना कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त तथ्यांक सार्वजनिक गरेको हो।

अवस्था अज्ञात रहेकामा १ सय ४ जना नेपाली नागरिक छन्। यस्तै भारतका ४९, लाटभियाका ३३, अमेरिकाका १८, बेलायतका १५, क्यानडा र अष्ट्रेलियाका ६/६, दक्षिण अफ्रिकाका ४ तथा मलेसिया, जर्मनी र रुसका ३/३न जना नागरिक छन्।

त्यसैगरी आयरल्याण्ड, इस्टोनिया, फ्रान्स, नेदरल्यान्ड्स र न्युजिल्यान्डका २/२ तथा काजाकिस्तान, फिनल्यान्ड, लिथुआनिया, पोर्चुगल, युक्रेन, स्पेन र हंगेरीका एक/एक जना रहेको अधिकारीहरूले बताएका छन्। (सिन्ह्वा)