BIZMANDU
www.bizmandu.com

बाढी प्रभावित रसुवामा खाद्यान्न वितरण सुरु, तीन हेलिकप्टरमा पहिलो खेपमा १५ क्वीन्टल राहत

२०८३ भदौ १४

बाढी प्रभावित रसुवामा खाद्यान्न वितरण सुरु, तीन हेलिकप्टरमा पहिलो खेपमा १५ क्वीन्टल राहत
रसुवा, १४ भदाै : रसुवाको धुन्चेबाट जिल्लास्थित विभिन्न स्थानमा बाढी पिडीतहरूलाई वितरण गर्न हेलिकप्टरबाट राहत सामाग्री लगिँदै । तस्बिर : सरस्वती न्याैपाने रासस


रसुवा। बाढी प्रभावित रसुवावासीका लागि आइतबारदेखि दाल, चामल, नुन तेल लगायतका अत्यावश्यक खाद्यसामग्री वितरण सुरु भएको छ।

Vigo
GBIME
Tata

बिहान तीनवटा हेलिकप्टरमार्फत १५ क्विन्टल सामग्री प्रभावित क्षेत्रमा पठाइसकेको र थप हेलिकप्टरसमेत प्रयोग गरी बाढीप्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री उपलब्ध गराइने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।

भोटेकोशी बाढीले जिल्लाको मुख्य सडक तथा पुल बगाएपछि बाढी प्रभावित खैबी, डाँडा गाउँ, हाकु, ठूलो गाउँ, शेर्पा गाउँ, खाम्जिङ लगायतका स्थानमा अत्यावश्यक खाद्यसामग्री पठाएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिए।

जिल्ला विपद् व्यवस्थापन समितिमार्फत वितरण सुरु गरिएको जानकारी दिँदै उनले भने, ‘आज बिहान तीन वटा हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा सामान पठाइसकिएको छ। प्राथमिकतासहित आवश्यकताका आधारमा नुन, तेल, दाल, चामललगायतका सामग्रीको व्यवस्था गरिने छ।’

बाढीपीडित तथा प्रभावितका पक्षमा अहोरात्र खटिरहेको सरकारी संयन्त्र उद्धार तथा राहत वितरणसँगै पुनर्निर्माण एवं पुनःस्थापनाको चरणमा प्रवेश गर्ने भएकाले नआत्तिन जिल्लावासीसँग अनुरोध रहेको उनले बताए। राहत वितरणमा सेना, नेपाल प्रहरी र सशस्त्रका जनशक्ति खटिएका छन्। रासस