BIZMANDU
www.bizmandu.com

भोटेकोशी बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

२०८३ भदौ १३

भोटेकोशी बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने


काठमाडौं। भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि आइएमई ग्रुपले १० करोड रुपैयाँ सहयोग गर्ने भएको छ। ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम उपलब्ध गराउने जनाएको हो।

Vigo
GBIME
Tata

ग्रुपद्वारा विज्ञप्तिअनुसार आइएमई ग्रुप तथा उसले प्रवर्धन गरेका विभिन्न कम्पनीमार्फत सहयोग रकम उपलब्ध हुनेछ। ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लगायत कम्पनी यसमा सहभागी हुनेछन्।

त्यस्तै, चन्द्रागिरि हिल्स, डिसहोम, आइएमई मोटर्स, अशोक लिलेण्ड, आइएमई खल्ती, स्विफ्ट टेक्नोलोजी र मिदास हेल्थले पनि सहयोग गर्नेछन्। माइमार्ट, लुम्बिनी केवलकार, आइएमई फाउन्डेसन लगायत अन्य कम्पनीबाट समेत सहयोग उपलब्ध हुने ग्रुपले जनाएको छ।

ग्रुपअन्तर्गतका कम्पनीमा कार्यरत कर्मचारीले पनि एक दिनको तलब बराबरको रकम सहयोग गर्ने भएका छन्। यसबाट विपद्‍मा परेका नागरिकको तत्काल राहत र पुनर्स्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

आइएमईले विदेशबाट नेपालमा सहयोग रकम पठाउन निःशुल्क रेमिटेन्स सुविधा उपलब्ध गराएको छ। खल्ती र आइएमई वालेटमार्फत सरकारी कोषमा सिधै निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था पनि गरिएको छ।

आइएमई फाउन्डेसनको समन्वयमा थप राहत तथा जिन्सी सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत ग्रुपले जनाएको छ। खाद्यान्न, उपचार तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा समेत सहयोग गर्ने उद्देश्य रहेको जनाइएको छ।

ग्रुपले बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै उद्धार र राहतमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति कृतज्ञता जनाएको छ।