BIZMANDU
www.bizmandu.com

माथिल्लो त्रिशूली ३ ‘ए’ सुरुङमा फसेकाको उद्धार गर्न चिनियाँ विज्ञ टोली पनि परिचालित

२०८३ भदौ १३

माथिल्लो त्रिशूली ३ ‘ए’ सुरुङमा फसेकाको उद्धार गर्न चिनियाँ विज्ञ टोली पनि परिचालित
माथिल्लो त्रिशूली ३ ‘ए’ सुरुङमा फसेकाको उद्धार गर्न चिनियाँ विज्ञ टोली पनि परिचालित


काठमाडौं। रसुवास्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका श्रमिकको उद्धारका लागि चिनियाँ विज्ञ टोली परिचालन भएको छ।

Vigo
GBIME
Tata

बाढीका कारण सुरुङभित्र फसेका मानिसलाई सुरक्षित बाहिर निकाल्न सरकारले विशेष संयन्त्रमार्फत प्रयास गरिरहेको छ।

नेपाल सरकारको अनुमतिमा प्राविधिक रूपमा दक्ष ६ सदस्यीय चिनियाँ विज्ञ टोली घटनास्थल पुगेको हो। चिनियाँ हेलिकप्टरमार्फत त्रिशूली क्षेत्रमा पुगेको टोलीले नेपाली सेनाका विज्ञसँग समन्वय गरी उद्धारको काम अघि बढाउनेछ।

संयुक्त टोलीले सुरुङभित्रको अवस्था र उद्धारको सम्भावनाबारे प्राविधिक रेकी गर्नेछ। सुरुङभित्र प्रवेश गरी अवस्था बुझेर उद्धारको सम्भाव्यता निर्धारण गरिने बताइएको छ।

प्रारम्भिक अनुगमनबाट उद्धार सम्भव देखिए थप चिनियाँ विज्ञलाई पनि घटनास्थलमा बोलाइने जनाइएको छ। ती विज्ञहरू रसुवा सीमा क्षेत्रमा आवश्यक परे तत्काल परिचालन गर्न सकिने गरी स्ट्यान्डबाईमा राखिएका छन्।

सुरुङभित्रको अवस्था अत्यन्त चुनौतीपूर्ण रहेको सरकारले जनाएको छ। जोखिमपूर्ण उद्धारका लागि नेपाली सेना र चिनियाँ विज्ञ टोलीले संयुक्त रूपमा प्राविधिक तयारी अघि बढाएका छन्।

फसेका श्रमिकलाई सकुशल बाहिर निकाल्न उद्धार टोलीले सम्भावित सबै उपाय अपनाइरहेको छ। सरकार, नेपाली सेना र चिनियाँ विज्ञको संयुक्त प्रयासबाट उद्धारलाई प्रभावकारी बनाउने प्रयास भइरहेको छ।