BIZMANDU
www.bizmandu.com

रसुवा सडक सञ्जालसँग पुनः जोडियो, टोखा-छहरेहुँदै धुन्चेसम्म गाडी चलाउन सकिने

२०८३ भदौ १३

रसुवा सडक सञ्जालसँग पुनः जोडियो, टोखा-छहरेहुँदै धुन्चेसम्म गाडी चलाउन सकिने
रसुवा सडक सञ्जालसँग पुनः जोडियो, टोखा-छहरेहुँदै धुन्चेसम्म गाडी चलाउन सकिने


काठमाडौं। भोटेकोशी नदीमा बुधबार आएको बाढीपछि अवरुद्ध रसुवाको सडक सञ्जाल पुनः सञ्चालनमा आएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार काठमाडौं-टोखा-छहरे-गड्खारपुल-आप्र-नर्जा-लच्याङ-सरमथली-पाटीखर्क हुँदै बोगटीटार-कालिकास्थान-धुन्चेसम्मको सडकखण्डमा चारपाङ्ग्रे साना सवारीसाधन चलाउन मिल्ने गरी सडक सञ्चालनमा ल्याइएको हो।

Vigo
GBIME
Tata

उक्त खण्ड सञ्चालनमा आएसँगै रसुवा पुनः सडक सञ्जालसँग जोडिएको प्राधिकरणले जनाएको छ। सडक सम्पर्क पुनःस्थापित भएपछि बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा अत्यावश्यक सामग्री पुर्‍याउन सहज हुने अपेक्षा गरिएको छ।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण सयौँको मृत्यु हुनुका साथै हजारौं सम्पर्कविहीन भएका छन्।

सम्पर्कविहीन तथा प्रभावित नागरिकको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सुरक्षा निकाय निकाय परिचालन भएका छन्। प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत वितरण कार्यलाई निरन्तरता दिइएको छ।