काठमाडौं। रसुवा बाढीमा परेर जलविद्युत आयोजनाका टनेलमा फसेकाहरुको उद्धारका लागि भारतबाट आउने पहिलो टोली नेपालका लागि उडेको छ।
उद्धारका लागि आवश्यक सामग्रीलगायतको रेकी गर्न उक्त टोली नेपाल आउन लागेको हो। शुक्रबार राति नै टोली नेपाल आइपुग्ने छ।
दिल्लीबाट उक्त टोली काठमाडौंका लाग प्रस्थान गरिसकेको छ।
टोलीसँगै भारतले १० टन राहत सामग्री पनि सँगै पठाएको छ। विमानमा ११ जना चिकित्सक समेत रहेका छन्।
विमानमा पोर्टेबल जेनेरेटर, डिग्निटी किट्स, फुड प्याकेटलगायतका सामग्री रहेका छन्।