BIZMANDU
www.bizmandu.com

राहत कोषमा २५ संस्था र दुई व्यक्तिको ३८.५६ करोड सहयोग, कसले कति दिए?

२०८३ भदौ १२

राहत कोषमा २५ संस्था र दुई व्यक्तिको ३८.५६ करोड सहयोग, कसले कति दिए?
राहत कोषमा २५ संस्था र दुई व्यक्तिको ३८.५६ करोड सहयोग, कसले कति दिए?


काठमाडौं। बाढी पीडितको सहयोगका लागि अर्थ मन्त्रालयमार्फत मात्रै शुक्रबार ३८ करोड ५६ लाख रुपैयाँ संकलन भएको छ।

Vigo
GBIME
Tata

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत २५ वटा संस्था र दुई व्यक्तिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन ३८ करोड ५६ लाख ६४ हजार रुपैयाँ सहयोग गरेका हुन्।

सरकारले बुधबार अपराह्नदेखि सहयोग रकम लिन थालेकामा सरकारी कोषमा बिहीबार रातिसम्म अर्थात ३६ घण्टामा नै करिब २ अर्ब रुपैयाँ जुटेको थियो।

कसले कति दिए?

सूर्य नेपाल प्रालिले सबैभन्दा धेरै १५ करोड रुपैयाँ दिएको छ। यस्तै प्राइम बैंकले ३ करोड १ लाख, कृषि विकास बैंकले ३ करोड, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ५१ लाख, हिमालयन बुलियन कम्पनीले १ करोड १ लाख, एग्रो थाई फुड्स प्राइभेट लिमिटेडले १ करोड, एसियन लाइफ इन्स्योरेन्सले १ करोड १ लाख र सूर्यज्योति लाइफ इन्स्योरेन्सले १ करोड रुपैयाँ सहयोग गरेका छन्।

यस्तै उद्योगी विजयकुमार शाहले १ करोड, पद्मज्योति समूहको स्याकार ट्रेडिङले १ करोड, राजी राणाले १ करोड ९ लाख, डब्लूडब्लूएफ नेपालले १ करोड, मोरङ अटो वर्क्सले १ करोड ११ लाख, जावलाखेल डिस्टिलरीले १ करोड, हिमालयन डिस्टिलरीले १ करोड, अल्फा अटोमोटिभ प्रालिले १ करोड र सोलु हाइड्रोपावरले एक करोड रुपैयाँ कोषमा उपलब्ध गराएका छन्।

यस्तै नेपाल सिमेन्ट उत्पादक संघले ५१ लाख, मुक्तिनाथ विकास बैंकले ५० लाख, लुम्बिनी विकास बैंकले २५ लाख, सीएएस ट्रेडिङ हाउसले १ लाख ११ हजार, नेपाल चिया विकास कर्पोरेसनले ११ लाख, सिल्भर लाइनिङ प्रालिले १ लाख ११ हजार योगदान गरेको स्वर्णिमको सचिवालयले जनाएको छ।

एबाकस इन्साइट्स प्रालिले १५ लाख र अन्य तीन संस्थाले २६ लाख ६२ हजार रुपैयाँ कोषमा योगदान गरेका छन्।